कोशीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने जल तथा मौसम विभागले जनाएको छ ।

कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती भने कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics