आईयूसीएनको क्षेत्रीय काउन्सिलरमा नेपालकी रोशनी निर्वाचित
- नेचर खबर

काठमाडौं । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)को क्षेत्रीय काउन्सिलरमा नेपालकी रोशनी अधिकारी पाठक निर्वाचित भएकी छन् ।
सन् २०२६–२०२९ को लागि पूर्वी तथा दक्षिण एसिया क्षेत्रबाट आईयूसीएनको क्षेत्रीय काउन्सिलरको रूपमा निर्वाचित भएकी हुन् ।
यो निर्वाचन ९ देखि १५ अक्टोबरसम्म अबुधाबीमा आयोजित आईयूसीएन विश्व संरक्षण कांग्रेस २०२५ को समयमा भएको थियो ।
जहाँ भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र नेपाललगायत क्षेत्रका सात उमेदवारहरूले पाँच क्षेत्रीय काउन्सिलर सिटका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस