सगरमाथाको पहिलो सफल आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन

काठमाडाैं । सगरमाथाको शिखरमा पहिलो मानव पाइला पुर्‍याउने अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन भएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ३ नाम्चेका शेर्पाको गएराति निधन भएको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

९२ वर्षका शेर्पा केही महिनादेखि काठमाडाैं उपचाररत थिए ।

सङ्घले मृतक शेर्पाप्रति श्रदाञ्जली दिँदै उनको जीवन साहस, धैर्यता र इतिहास निर्माण गर्ने योगदानको प्रतीक रहिररहने उल्लेख गरेको छ ।


सन् १९५३ को मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वको सर्वोच्च शिखर सगरमाथामाको शिखरमा पुगेका थिए ।

त्यस बेला आधार शिविरभन्दा माथि बाटो पहिल्याउन आरोहीहरूसहित ३५ जना खटिएकामा शेर्पा पनि एक थिए ।

त्यति बेला २० वर्षका कान्छा शेर्पासहित अरू दुई जना शेर्पाले आधार शिविरदेखि चौथो शिविरसम्म बाटो खोज्न सक्रियता देखाएकाे उनले बताएका थिए ।

उनका अनुसार आराेहणका लागि भक्तपुरबाट चार सय भरिया र ३५ जना आरोहण दल अघि बढेकोमा नाम्चेबाट जोक्पेलाई भारी बोकाएकोले धेरैजसो भरिया फर्किएका थिए ।

मृतक कान्छा शेर्पाको आउँदाे आइतवार अन्त्येष्टि गर्ने नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics