अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

चितवन । सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराज मार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना-३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics