निकुञ्जमा पिसाब गरे २० हजार जरिवाना !



राष्ट्रिय निकुञ्जभित्र फोहोर फाले तथा पिसाब गरे २० हजार जरिवाना र ६ महिना जेलको कानुनी व्यवस्थालाई कडाई गरिएको छ । निकुञ्जका वार्डेन रमेश थापाले भने, 'सवारीसाधनको ठक्करबाट पहिलेको भन्दा वन्यजन्तुको मृत्यु बढ्न थालेपछि नियममा कडाई गरिएको हो ।' पछिल्लो समय सवारी साधनमने ठक्करबाट धेरै वन्यजन्तुको मृत्यु हुन थालेको छ ।

निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा सवारी साधन चलाउँदा ४० कि.मि. प्रतिघण्टा भन्दा बढी गतिमा चलाउन नपाइने र हर्न समेत बजाउन नपाइने नियम छ ।

निकुञ्जले निकुञ्ज क्षेत्रभित्र फोहोर फलेमा, विना कारण सवारी रोकिराखेमा २० हजारसम्म जरिवाना र ६ महिना जेल सजाएँ वा दुवै सजायँ दिने व्यवस्था गरेको छ ।  वन्यजन्तुलाई सवारी साधनले ठक्कर दिई हात्ती, गैंडा, बाघ मारेमा ५ लाख देखि १० लाख रुपैयाँ सम्म जरिवाना वा  ५ वर्ष देखि १५ वर्ष सम्म कैद वा दुवै सजाय गर्ने व्यवस्था गरेका छ । त्यस्तै बारसिंगा, चौका, सालक, हुडार, चरीबाघ, अजिंगर जस्ता संरक्षित वन्यजन्तु मारेमा १ लाख देखि ५ लाख रुपैयाँ सम्म जरिवाना वा १ वर्ष देखि १० वर्ष सम्म कैद वा दुवै सजायँ गर्नै र चित्तल, जरायो, खरायो, बांदर, लंगुर, रतुवा, दुम्सी लगायत अन्य वन्यजन्तु मारेमा २० हजार देखि ५० हजार रुपैयाँ सम्म जरिवाना वा १ वर्ष सम्म कैद वा दुवै सजाय गर्ने व्यवस्था गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जले आफ्नो सवारी साधनमा अनिवार्य फोहोर राख्ने भाँडो राख्नुपर्ने व्यवस्था समेत गरेको छ । निकुञ्ज वरिपरि सफा राख्न यस किसिमको व्यवस्था गरिएको निकुञ्जका वार्डेन रमेश थापाले बताए ।

निकुञ्जले बिना ईजाजत वन पैदावार र वन्यजन्तुसंग सम्बन्धित बस्तु ओसार पसार गरेमा मानिसलाई दण्ड सजाय गर्ने र त्यस्ता क्रियाकलापका लागि संलग्न गराइएका सवारी साधन जफत गर्ने व्यवस्था समेत गरेको छ ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics