पर्सा निकुञ्जमा २३ चित्तल मरे



पर्सा राष्ट्रिय निकुञ्जमा  आर्थिक वर्ष २०७३/७४ मा २३ वटा चित्तल मरेका छन् । १३ वटा सडक दुर्घटनामा, ५ वटा कुकुरले टोकेर र पाँच वटा प्राकृतिक कारणले मरेका हुन । गत आर्थिक वर्ष २०७२/७३ मा संरक्षित क्षेत्रमा ६६ वटा चित्तल मरेका थिए ।

अघिल्ला वर्षहरुको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा धेरै संरक्षित क्षेत्रमा मर्ने वन्यजन्तुमा चित्तल नै पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता नारायण रुपाखेतीले चित्तल मानिसको नजिक बस्ने र अन्य बाली खाइदिने भएकोले यो जनावर बढी जोखिममा रहेको बताए ।

आर्थिक वर्ष २०७३/७४ मा पर्सा निकुञ्जमा मात्रै १४ वटा वन्यजन्तु सडक दुर्घटनामा परी मरेका छन् । गत आर्थिक वर्षमा पर्सा निकुञ्जमा ३० वटा वन्यजन्तु मरेका थिए । जसमध्ये चित्तल २३ वटा, अजिङगर एउटा, जरायो चारवटा र बँधेल दुईवटा रहेको छ।

आर्थिक वर्ष २०७२/ ७३ मा संरक्षित क्षेत्रभित्र सबैभन्दा धेरै  पर्सा राष्ट्रिय निकुञ्जको वन्यजन्तु घाइते भएका थिए । जसमध्ये सबैभन्दा धेरै पर्सा राष्ट्रिय निकुञ्जमा ३८ वटा जनावर  घाइते भएका थिए । जसमा ३० वटा चित्तल ३ वटा निर बिरालो, जङ्गली हात्ती, ठुलो धनेश, गैंडा र वन बिरालो लगायतका जनावर रहेका छन् । पर्सा निकुन्जमा यो  आर्थिक वर्षमा २ वटा अजिङ्गर र २ वटा चितलगरी ४ बन्यजन्तु मरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics