एनसेलकाे फोर जी सेवा थप १० शहरमा


· ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि फोरजी सेवा को लाभ लिन सक्ने

· यो विस्तारसँगै एनसेलको फोरजी सेवा १५ प्रतिशत जनसंख्याको पहुँचमा

· यी १० शहरमा फोरजी सेवा चलाउने ग्राहकले एस्ट्रिक्स ३२४ह्यास डायल गरी ३० दिन सम्म योण्डर म्युजिक एपमा निःशुल्क गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गर्न सक्ने

 

एनसेलले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको छ ।

एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि मंगलबार देखि दु्रत गतिको मोवाइल ब्रोडब्याण्ड सेवाको अनुभव लिन सक्नेछन् ।

आफ्नो सिम कार्ड अझै फोरजी सिममा परिवर्तन नगरेका ग्राहकले फोरजी सेवाको लाभ लिनका लागि आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् ।

एनसेलको फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पोखरा र दमौलीमा उपलब्ध छ । पछिल्लो सेवा विस्तार सँगै एनसेलको फोरजी सेवा देशका विभिन्न भागमा रहेका १७ शहरमा पुगेको छ ।

एनसेलले अहिले १० शहरमा एनसेलको फोरजी सेवा विस्तार भएको घोषणा गर्न पाउँदा खुसी व्यक्त गर्दै फोरजी सेवालाई द्रुत गतिमा विस्तार गर्दै धेरै भन्दा धेरै ग्राहकलाई नयाँ प्रविधि तथा अवसरको लाभ प्रदान गर्न एनसेल प्रतिबद्घ रहने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए । उनले भने, 'थप १० शहर सहित एनसेलको फोरजी सेवा अब १५.०६ प्रतिशत जनसंख्यामा पुगेको छ।'

१० वटा शहरमा एकै साथ फोरजी सेवा सञ्चालनमा आएको अवसरमा एनसेलले यी शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथ ३० दिन सम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहत डिजीटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढि नेपाली गीतसंगीतहरु पनि छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने जानकारी लिन सक्नेछन् ।

फोरजी÷एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् ।

एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा फोरजी सेवा विस्तार गर्दै ग्राहकलाई दु्रत गतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने लक्ष्य लिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ ।

फोरजी÷एलटिई सेवाको सुरुवात सँगसँगै एनसेलले ग्राहकलाई आकर्षक साप्ताहिक कम्बो प्याक प्रदान गर्दै आएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्नेछन् । एनसेलका ग्राहकले आफ्नो आवश्यकता बमोजिम रु १५०, रु ३०० र रु ५०० को प्याक खरिद गरी आकर्षक डेटा, टक टाइम र एसएमएसको मजा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न आर्कषक डेटा प्याक लिन पनि सक्छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics