स्मार्ट टेलिकमले पनि भोलीदेखि फोर जी सेवा सुरु गर्दै



स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) सेवा सुरू गर्न लागेको छ । स्मार्टले आफ्ना ग्राहकलाई आइतबारदेखि फोरजी सेवा उपलब्ध गराउन सबै प्राविधिक तयारी सकिएको शनिवार जनाएको छ ।

स्मार्ट टेलिकम कम्पनीका प्रमुख प्रशासकीय अधिकृत (सिइओ) सजिनराज राजभण्डारीले पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गर्न लागिएको बताए । क्रमशः मुलुकका अन्य सहरमा पनि सेवा विस्तार गरिनेछ । यो सेवालाई उपभोक्तामैत्री, वैज्ञानिक र त्रुटिरहित बनाउने राजभण्डारीले बताए ।

कम्पनीका अनुसार परीक्षणका रुपमा सुरु हुन लागेको सेवालाई केही समयभित्रै व्यवसायिक रुपमा लागू गनरिनेछ । केही समयपछि चितवन, वीरगञ्ज र नेपालगञ्जमा पनि फोरजी सेवा बिस्तार गरिने सिईओ राजभण्डारीले बताए । फोरजीको सुरुवातका अवसरमा विभिन्न डाटा योजना पनि ल्याइएको छ ।

गत जेठमा नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई फोरजी सञ्चालनको अनुमति दिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics