हिमाली क्षेत्रमा चक्रवातको असरस्वरुप हिमपात

अरब सागरमा उत्पन्न भएको शक्तिशाली सामुद्रिक चक्रवात (साइक्लोन) का कारण सूदूर र मध्यपश्चिमी भागको आकाशमा बदली हुनुका साथै केही स्थानमा हिमपात भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शक्तिशाली चक्रवातको बाहिरी घेराले फ्याँकेको शक्तिशाली वायुबाट उत्पनन बादलले हिमपात गराएको हो । महाशाखाले आगामी बिहीवारसम्मै पश्चिमदेखि पूर्वसम्मका उच्च हिमाली भागमा हिमपात हुने भएकाले पर्वरोहणमा जानेहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले विशेष बुलेटिन निकालेर शक्तिशाली चक्रवातका कारण सूदूर र मध्यपश्चिमका मध्यपहाडी र हिमाली क्षेत्रमा बदली भएको जनाएको छ । भारतको राजस्थान, बिहारलगायतका क्षेत्र हुँदै सोमवार वायु नेपालको पश्चिम भागमा प्रवेश गरेको हो । मंगलवारसम्म उक्त वायु मुलुकको मध्य भागको हिमाली भागसम्मै आईपुगेको छ । त्यसको असरसमेत देखा पर्न थालेको छ । महाशाखाले स्याटेलाईटबाट प्राप्त तस्वीर तथा गणितीय मौसमको विश्लेषण गर्दै बिहीवारसम्मको संभावित मौसमी अवस्थाबारे सर्वसाधारणलाई जानकारी गराएको छ ।

जसअनुसार सोमवारदेखि पश्चिम र मध्य क्षेत्रको हिमाली भेगमा वदलि सुरु भइसकेको छ भने मंगलवार काठमाडौंको आकाशमासमेत बाक्लो तु“वालो लागेको छ । मौसमविद्ले काठमाडौंको न्युनतम तापक्रममा थप गिरावट आउनसक्ने बताएका छन् । उच्च हिमाली भागमा मंगलवार रातीदेखि नै हल्का हिमपात भएको छ भने बुधवार र बिहीवार पनिसूदूर र मध्य पश्चिम क्षेत्रमा हिमाली र मध्यपहाडी क्षेत्रमा वर्षासहित हिमपात हुनेछ । ‘बिहीवारसम्मै पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमाली भेगका केहि स्थानमा हल्का देखि मध्ययम खालको हिमपात जारी रहनेछ,’ महाशाखाले बुलेटिनमा भनेको छ, ‘पूर्वी हिमाली क्षेत्रको एक दुई स्थानमा पनि हल्का वर्षा पनि हुनेछ ।’

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics