चितवनमा आदिवासी सामुदायको ‘सामुदायिक होमस्टे ’
- नेचर खबर
 
                                                        

चितवनको सौराहाबाट करिब ६ किलोमिटर पूर्वमा रहेको कठार, खैरहनी नगरपालिका–१० स्थित कठार गाउँमा आदिवासी समुदायको प्रयासमा ‘सामुदायिक होमस्टे’ सञ्चालन गरिएको छ । पर्यटकीय क्षेत्रका रूपमा विकास भएको कुमरोजसँग जोडिएको छ । 
सामुदायिक होमस्टे कठारका अध्यक्ष रामेश्वर चौधरीले दराई, मुसहर, तामाङ र गुरुङको संयुक्त प्रयासमा १५ वटा सामुदायिक होमस्टे सञ्चालन गरिएको जानकारी दिए  । 
समुदायको आफ्नै लगानीमा सञ्चालित होमस्टेमा स्थानीयवासीलाई समेत शेयर वितरण गरिएको छ । 
अहिले सो क्षेत्रमा १५ घरमा होमस्टे चलाइएको र यहाँ दैनिक ३० जना पर्यटक बस्न मिल्ने क्षमता छ । पर्यटकलाई घरेलु वातावरणमा बस्न र स्थानीय समुदायको मौलिक खानाका स्वादहरू उपलब्ध हुने अध्यक्ष चौधरीले बताए । 
यो वर्ष खैरहनी नगरपालिकाले रु पाँच लाख सहयोग गरेकाले सो रकमबात थप तीनवटा होमस्टे निर्माण गर्ने योजना रहेको छ । 
राप्ती नदी र चितवन निकुञ्जको छेवैमा रहेकाले सो क्षेत्रमा आएका पर्यटकले वन्यजन्तु अवलोकन गर्ने सक्नेछन् । जिप र हात्ती सफारी गरेर मजा लिन सक्नेछन् । 
मचान र टावरमा बसेर वन्यजन्तु अवालोकन गर्ने व्यवस्थासमेत यहाँ छ । 

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस