जीडीपीमा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउनेगरी काम गर्दैछुः मन्त्री अधिकारी



संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले कुल गार्हस्थ उत्पादन(जीडीपी) मा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउनेगरी आफूले कार्ययोजना तयार पारिरहेको बताएका छन् । पर्यटन पत्रकार संघ(जाट–नेपाल) का प्रतिनिधिमण्डलसँग बिहीबार मन्त्रालयमा भएको भेटमा पर्यटनमन्त्री अधिकारीले जीडीपीमा अहिले भईरहेको साँढे तीन प्रतिशत हाराहारीको योगदानलाई २५ प्रतिशतमा पुर्याउनेगरी काम थाल्ने कार्ययोजना बनाइहेको बताएका हुन् ।

उनले भने, 'हामी पर्यटनबाट जीडीपीमा अहिले भईरहेको करिब साँढे तीन प्रतिशत योगदानलाई कम्तीमा २५ प्रतिशतमा पुर्याउनेछौं । त्यो कार्ययोजना बन्दैछ, छिट्टै सार्वजनिक गर्नेछु ।'

पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिने र बाँकी निजी क्षेत्रको सहयोगमा पर्यटनको दिगो विकासको कार्ययोजना अगाडि बढ्ने उनले सुनाए । त्यस्तै पर्यटन विश्वविद्यालयको स्थापना गर्न आफू लागिपरेको पनि उनले बताए । आगामी दिनमा गुणस्तरीय पर्यटक भित्र्याउने दिशामा सरकार अगाडि बढेको पनि उनले सुनाए । उनले पर्यटन पत्रकार संघ (जाट–नेपाल)का पदाधिकारी एवं सदस्यहरुलाई रचानात्मक सहयोग गर्न पनि आग्रह गरे ।

यस्तै भेटमा जाट–नेपालका अध्यक्ष नारायण भण्डारीले पर्यटन मन्त्री अधिकारीलाई एक ज्ञापनपत्र दिंदै विशेषतः धार्मिक पर्यटन, कला संस्कृतिलाई जोड दिंदै मौलिक पर्यटकीय गन्तव्यहरुको विकासमा ध्यान दिनुपर्ने बताए । उनले पर्यटन प्रवद्र्धनको पाटो भएको भन्दै पत्रकार पत्रकारबीचको प्रवद्र्धनात्मक कार्यक्रम 'जे टू जे' सम्मेलन गर्ने सोचमा आफूहरु रहेको र त्यसमा सहयोग गर्न मन्त्री अधिकारीलाई आग्रह गरे । त्यस्तै जुनसुकै पर्यटक नेपाल आउँदा पनि पहिले यहाँको सुन्दरता प्रस्तुत गरेर अरुलाई आकर्षित पार्ने माध्यम प्रविधि भएको भन्दै उनले पर्यटन विकासलाई सुविधा पुर्याउने हिसाबले  ' वाईफाई फ्रि कन्ट्री ' को रुपमा नेपाललाई विकास गर्नुपर्ने विषयमा ज्ञापनपत्रमार्फत मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics