‘ ग्लोबल साइबर सेक्युरीटी समिट २०१८’ नेपालमा हुने
- नेचर खबर
इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालले आगामी साउन ११ र १२ गते ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ आयोजना गर्ने भएको छ ।
साइबर सुक्षाको लागि विश्वाव्यापी अभियान भन्ने नाराका साथ आयोजना हुने समिटमा साइबर सेक्युरिटी र यससँग सम्बन्धित विभिन्न विषयका राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धाता र प्रोफेसनलहरुको विशेष उपस्थिति रहने बताइएको छ ।
एनपीसर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीले पछिल्लो समयका साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटीसम्बन्धी विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रुपमा छलफल हुने जानकारी दिए ।
समिटमा प्यानल डिस्कसन, प्रेजेन्टेशनहरु, नेटवर्किङ सेसन, ब्रेनस्टोर्मिङ, कीनोट स्पिच, वर्कसपलगायतका कार्यक्रम हुने छन् । इन्फर्मेशन सेक्युरिटी एक्सपर्टहरुको टिमले स्थापना गरेको एनपी सर्टले नेपालमा बढ्दै गएको साइबर चुनौतीलाई न्यूनिकरण गर्न र राष्ट्रिय सूचनाको सुरक्षा गर्ने विषयमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस