मनसुन सकृय हुन अझै केहि दिन



जल तथा मौसम विज्ञान विभागले जेठ २५ गतेदेखि नेपालमा मनसुन प्रवेश गरेको जनाएपनि ६ दिन बित्दा समेत मनसुन पूर्णरुपमा सक्रिय हुन सकेको छैन ।

अहिले पूर्व तथा मध्यका केही क्षेत्रमा सक्रिय भएको मनसुन पश्चिमी क्षेत्रमा भने असारको पहिलो सातादेखि मात्र पूर्ण रुपमा सकृय हुने मौसमविद् वरुण पौडेलले बताए ।

पूर्व र मध्य भेगमा राति वर्षा हुने तथा दिउ“सो बदली हुने क्रम जारी छ । काठमाडौं उपत्यका आसपास र पूर्वी क्षेत्रमा सा“झ पख वर्षा हुने अनुमान भएपनि त्यो लामो समयको लागि नहुने विभागको भनाइ छ ।

पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहे पनि औसत वर्षा बढीमा ४५ मिलिमिटर मात्र भएको छ ।

हल्कादेखि मध्यमखालको वर्षा भएको हु“दा केही दिन बाढीलगायत प्रकोपको सम्भावना नरहेको मौसमविद् पौडेलको भनाइ छ ।

उनकाअनुसार पश्चिमी भेगमा मनसुन सक्रिय हुन अझै केही समय लाग्ने
भएकाले ती क्षेत्रमा केही दिन बढी गर्मी हुनेछ ।

अघिल्लो वर्ष सन् २०१७ जुन महिनामा काठमाडौंमा सबैभन्दा गर्मी ३२ डिग्री तापक्रम पुगेकोमा यो बर्ष ३१.५ सेल्सियससम्म पुगेको महाशाखाले जनाएको छ ।

यसैबीच, महाशाखाले जनाएअनुसार विगत केही दिनदेखि उत्तरी बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली यही जेठ २ र २८ मा जमिनमा प्रवेश गरेको छ ।

यो प्रणाली उत्तरपूर्वी दिशातर्फ सर्दै जाने तथा विस्तारै कमजोर हु“दै जाने अनुमान गरिएको छ । सो न्यूनचापीय प्रणाली कमजोर भएस“गै नेपालतिर जलवाष्पयुक्त हावाको प्रवाह बढ्ने मौसमविद्हरुको अनुमान छ ।

सोही जलवाष्पयुक्त हावाका कारण नेपालका पूर्वी भागमा बदली भइ हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको हो ।

नेपालमा साधारणतया (जुन १० देखि सेप्टेम्बर २३) सम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ ।

साउथ एसियन आउटलुक फोरम–१२ मा आँकलन गरिएअनुसार यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भू्–भागमा सरदर वर्षा हुने अनुमान गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics