जापानमा ६.१ म्याग्नीच्युडक भूकम्प

जापानमा सोमबार बिहान ६.१ म्याग्नीच्युडक भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर  भूकम्प गएको हो ।

बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएको जनाएको छ ।

जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएको जनाएको छ ।

भूकम्पबाट ओसाका सँगै टोकियो, ह्योगोलगायतका स्थान प्रभावित भएको जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics