चुरेमा बहुमूल्य बनस्पति अगरको वृक्षारोपण

इलामका चुरे वन क्षेत्रमा बहुमूल्य वनस्पति अगरउडको वृक्षारोपण गरिएको छ । जिल्ला वन कार्यालयले जडिबुटी विकास कार्यक्रम अन्तर्गत एक हजार आठ सय अगरउड जातको वनस्पति सामुदायिक र निजी वनमा रोप्न सुरु गरेको हो ।

इलामको माई नगरपालिकामा रहेको सिर्जना सामुदायिक वन र वसन्त सामुदायिक वनमा एघार सय अगरउडका बिरुवा रोपिएको छ । बिरुवा रोएिको क्षेत्रमा घेराबारा र बिरुवा संरक्षणका लागि टोकरी निर्माण गरेको छ । वन पैदावारको श्रोत बढाउन र बहुमूल्य उपयोगी वनस्पति भएकाले संरक्षण गर्न थालिएको दक्षिणी सेक्टर वन कार्यालयका सहायक वन अधिकृत ऋतेशबाबु बस्नेतले जानकारी दिए । दक्षिणी सेक्टर वन कार्यालयका सहायक वन अधिकृत ऋतेशबाबु बस्नेतका अनुसारपुर्वी एसियाका बढि गर्मी हुने क्षेत्रमा रैथाने रूपमा रहेको अगरउडको बोटमा एक प्रकारको ढुसी हालेपछि गाढा खैरो र कालो भाग उत्पादन हुने र यो सुगन्धित पदार्थलाई नै महँगो मूल्यमा बिक्री गर्न सकिन्छ ।

एक लाख डलर रुपैयाँ सम्म प्रतिकिलो बिक्री हुने र छिटो बढ्ने वनस्पति भएकाले आठ दश वर्षमा नै यसको उत्पादन लिन सकिने विज्ञहरूको भनाई छ ।

समुद्र सतहदेखि एक हजार पाँच सय मिटर सम्मको भूभागमा उपयुक्त हुने अगरउड रोपेको सात देखि दश वर्ष पछाडि समय समयमा ढुसी प्रविधि प्रयोग गरी एक रुखबाट तीन देखि पाँच केजी सम्म अगरउड उत्पादन हुने गर्दछ । यस वनस्पतिलाई निजी वन क्षेत्रमा विस्तार गरी आय आर्जनको श्रोतको रूपमा विकास गर्न सकिने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics