मध्य र पश्चिममा पानी पर्ने सम्भावना
- नेचर खबर

मध्य र पश्चिमी क्षेत्रमा बिहीबार ठूलो पानी पर्ने अनुमान गरिएको छ । मनसुन सक्रिय अवस्थामा रहेकाले बिहिबार केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै बिहिबार नै देशभरको मौसममा परिवर्तन आएको छ । दिउँसो देशभरी कै मौसम परिवर्तन भएर धेरै स्थानमा पानी पर्ने सम्भावना छ । अबको तीन दिन ठूलो नदीमा बाढीको ठूलो खतरा भने नरहेको महाशाखाले जनाएको छ ।
कोशीसँगै बागमती, कमला, पश्चिम राप्तीको तटीय क्षेत्रमा बेलुकापछि पानीको सतह बढ्ने भएकाले सतर्कता आसपास पुग्ने बाढी पूर्वानुमान शाखाको अनुमान छ ।
विशेषगरी बागमती नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ । यस्तै भोलि ओखलढुंगा, दोलखा, सुन्धुली, दाङ र डोटीका नदीमा बाढीको सम्भावना रहेको भन्दै शाखाले सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस