स्मार्ट टेलिकमको नयाँ योजना प्रस्तुत

स्मार्ट, टेलिकम्युनिकेशन कम्पनीले हालै नयाँ ब्राण्डिङ्गका साथ प्रस्तुत भएको छ । यसले स्मार्टलाई अन्तर्राष्ट्रिय दूरसञ्चार व्यवसायमा आफूलाई विकसिक गर्ने छ ।


नयाँ ब्राण्डिङ्ग अन्तर्गत कम्पनीले आफ्नो लोगो, स्लोगन, ग्राफिक्स, तथा कम्युनिकेसनलाई परिवर्तन गरेको छ । यस अघि “स्मार्ट सेल”का रुपमा परिचित भएकोमा अब “स्मार्ट” का रुपमा प्रस्तुत हुने छ ।साथै स्मार्ट “योर वल्र्ड, योर भ्वाइस” भन्ने नारा साथ प्रस्तुत भएको छ ।

“स्मार्ट सेल” भन्दा जुन दायराको अनुभुति हुन्थ्यो त्यसलाई स्मार्टले अझ बढी फराकिलो तुल्याउने छ भन्ने विश्वासका साथ “स्मार्ट सेल”बाट “स्मार्ट” भनी रिब्राण्डिङ्ग गरिएको छ । स्मार्ट सेलको सेल र फोरजीले हामीलाई निश्चित सीमामा सीमा बद्ध गरेको थियो” स्मार्टका आधिकारिक व्यक्तिले बताए ।

कम्पनीले नयाँ योजना तथा सेवाहरु प्रस्तुत गरेको सन्दर्भमा यो रिव्रान्डिक गरेको हो । । ‘हामी हाम्रो फोर्टफोलियोलाई अझ नयाँ ब्रान्डको स्थानमा पुर्याइ स्मार्टले रिब्रान्डिङ्गको साथ ‘इट्स फ्रिडम’ भन्ने नयाँ योजना प्रस्तुत गरेको छ ।  । रिचार्जमा डाटा, भ्वाइस, एसएमएसमा अतिरिक्त सुविधा प्राप्त गर्न सक्ने छन् ।

न्यूनतम शूल्कमा डाटा, भ्वाइस, एसएमएस र अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधा पनि योजनामा समावेश गरिएको छ । अन्य जानकारी *141# डायल गरी वा www.smarttel.com.np बाट पनी प्राप्त गर्न सकिने छ ।

स्मार्टको बारेमा

आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट सेलको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पु¥याउने यसको लक्ष्य रहेको छ ।

स्मार्ट सेल १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत ९गलषष्भम ष्अिभलकभ० प्राप्त गरेको छ । दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्टसेल हाल नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ ।

स्मार्ट टेलिकम प्रा.लिले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोर जि सेवा काठमाडांै, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics