यस्तो छ आगामी तीन दिनको मौसम
- नेचर खबर
भाद्र २५ गते (सोमबार)
दिउँसो पूर्वी र मध्य क्षेत्रका भू-भागहरूमा पूर्ण बदली र पश्चिमका भू-भागहरूमा सामान्यतया बदली रहि पूर्वी र मध्य भेगका धेरै स्थानहरूमा र पश्चिका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै,देशका पूर्वी र मध्य भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशभरिनै सामान्य देखि पूर्ण बदली रहि पूर्व र मध्यका धेरै तथा पश्चिमका केहि स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै पूर्वी र मध्य क्षेत्रका एक दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।
भाद्र २६ गते (मंगलबार)
दिउँसो देशभरि नै सामान्य देखि पूर्ण बदली रहि पूर्वी र मध्य भेगका धेरै स्थानहरूमा र पश्चिमका केहि स्थानहरूमा मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै,देशका पूर्वी र पश्चिमी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति देशभरि नै सामान्य देखि पूर्ण बदली रहि देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै,देशका थोरै स्थानहरूमा भारी बर्षाको पनि सम्भावना रहेको छ।
भाद्र २७ गते (बुधबार)
दिउँसो देशभरि नै सामान्य देखि पूर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरूमा तथा पश्चिमका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै, देशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिन्छ।
रातिः देशभरि नै सामान्य देखि पूर्ण बदली रहि पूर्व र मध्यका धेरै स्थानहरूमा तथा पश्चिमका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । साथै, देशका पूर्वी र मध्यका केहि स्थानहरूमा र पश्चिमका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि देखिन्छ ।
प्रतिक्रिया दिनुहोस