स्मार्ट टेलिकमले यसरी मनायो संविधान दिवस



स्मार्ट टेलिकमले काठमाडौ, भक्तपुर र ललितपुरमा रहेका स्मार्ट सेन्टरहरुमा संविधान दिवस मनाएको छ ।

तेस्रो संविधान दिवसको अवसरमा स्मार्ट टेलिकमले आफ्ना काठमाडौ, भक्तपुर र ललितपुरमा रहेका स्मार्ट सेन्टरहरुमा संविधान दिवस २०७५ का पोष्टरहरुद्वारा सुसज्जित गरेको हो

साथै सम्पूर्ण स्मार्ट सेन्टरहरुमा मैनवत्ती प्रज्ज्वलन तथा राष्ट्रिय गान गाई संविधान दिवस मनाइएको थियो । संघीय गणतन्त्रात्मक नेपालको नयाँ संविधानले तीन वर्षको गौरवमय सफलता प्राप्त गरिसकेको छ ।

वि.सं. २०७२ सालमा नेपालीहरुद्वारा नेपालीहरुका लागि लेखिएको नयाँ संविधानले आम नेपालीहरुका भावना एवं मर्महरुलाई आत्मसाथ गर्दै आएको छ । नयाँ संविधान जारीसँगै सात दशक पछि नेपाली जनाताहरु ऐतिहासिक अग्रगमनको प्रत्यक्षदर्शी बन्न पाएका छन् ।

strong>स्मार्टको बारेमा

आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट टेलिकमको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पुर्‍याउने यसको लक्ष्य रहेको छ ।

स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत  प्राप्त गरेको छ ।

दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ ।
स्मार्ट टेलिकल प्रा.लिले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ ।

यसै सिलसिलामा कम्पनीले आफ्नो फोज जि सेवा काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics