मनसुन निष्क्रिय हुन अझै केहि दिन


मनसुन निष्क्रिय हुन अझै केहि दिन लाग्ने भएको छ ।

जलवायू तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन बिदा हुन अझै केहि दिन लाग्ने जनाएको हो ।सामान्यतया जुन १० मा मनसुन सुरु भइ सेप्टेम्बर २३ मा बिदा हुन्छ ।

महाशाखाको मौसमविद् बिभूती पौडेलले भनिन् “मनसुन सकिनको लागि चाहिने केहि आधारभूत प्रमाणहरु र मनसुनको विशेषता कायमै रहेको हुनाले केहि दिन लम्बिने देखिन्छ ”।

पछिल्ला वर्षहरुमा निर्धारित समय भन्दा केहि ढिलो मनसुन बिदा हुने गरेको छ ।जलवायू परिवर्तनका कारण मनसुनी वर्षामा फेरबदल आएको मौसम विद्हरुको निष्कर्ष छ ।

सागर बम्जन

प्रतिक्रिया दिनुहोस

web
analytics