न्यूरोड पाकोमा स्मार्ट टेलिकमको नयाँ सेन्टर स्थापना



ग्राहकहरुको लागि सहज एवं सुविधा प्रदान गर्ने उद्देश्य सहित, स्मार्ट टेलिकमले हालै न्यूरोडको पाकोमा आफ्नो नयाँ स्मार्ट सेन्टरको स्थापना गरेको छ ।

यही सोमबारका दिनदेखि काठमाडौंको मुटु पाकोमा प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट स्मार्टका ग्राहकहरुले स्मार्टका सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्नुहुने छ । यस सुविधा सम्पन्न सेन्टरबाट आफ्ना सेवा तथा उत्पादनहरुको विस्तृत जानकारी सहजै प्रदान गर्नुका साथै ग्राहकहरुलाई आफ्नो ब्राण्ड एक्स्पेरियन्सको जीवन्त अनुभूति प्रदान गर्ने छ ।

हालै सुभारम्भ गरिएको स्मर्ट सेन्टरको समुद्घाटन स्मार्ट टेलिकमका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले गर्नुभएको थियो । कार्यक्रमका सिलसिलामा राजभण्डारीले ग्राहकहरुलाई सहज पहँुच एवं कम्पनीको गुणस्तरीय सेवा प्रदान गर्नुन नै यस सेन्टरको प्रमुख ध्येय रहेको कुरा उल्लेख गरे ।

स्मार्ट टेलिकमले हालै आफ्नो खुसीलाई डबल गर्नुहोस् भन्ने उद्देश्य सहित “डबल योर ह्याप्पिनेस” भन्ने योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले रु ९९ मा स्मार्टको सिमकार्ड खरिद गर्दा अर्को सिमकार्ड निःशुल्क प्राप्त गर्नुहुने छ र दुबै सिममा १ जिबि डाटा पनि उपलब्ध छ ।

यसका साथै, स्मार्टले आकर्षक दरमा डाटा प्याकहरु, अन्तर्रा्ष्ट्रिय दुरसञ्चार सेवा, भ्वोइस तथा एस एम एस प्याकहरु प्रदान गर्दै आएको छ । कम्पनीले काठमाडांै तथा पोखरामा उत्कृष्ट फोज जी सेवा प्रदान गर्दै आइरहेको छ । विभिन्न सुलभदरहरुमा ग्राहकहरुको आवश्यकता अनुसार सानादेखि ठूला फोर जी डाटा प्याकहरु पनि प्रदान गर्दै आएको छ ।

स्मार्टको बारेमा

आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट टेलिकमको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच र्पुयाउने यसको लक्ष्य रहेको छ ।

स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत प्राप्त गरेको छ ।

दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ ।

स्मार्ट टेलिकल प्रा लिले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ ।यसै सिलसिलामा कम्पनीले आफ्नो फोज जि सेवा काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics