बन्यजन्तु जोगाउन कृत्रिम ताल



निकुञ्जभित्रका तालहरु सुक्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र कृत्रिम ताल निर्माण सुरु गरेको छ ।

हिउँदको समयमा जमिन सुक्खा रहने र आकासे पानि नहुने भएकाले वन्यजन्तुलाई पिउने पानीको समेत अभाव हुने गरेको छ । वन्यजन्तुलाई पानीको अभाव हुन नदिन निकुञ्जले आवश्यकता अनुसार ताल निर्माण गर्न थालेको निकुञ्जका प्रवक्ता नुरेन्द्र अर्यालले जानकारी दिए ।

पुराना तालको राम्रो संरक्षण नभएकाले हामीले त्यसलाई व्यवस्थित र सफा गर्न सुरु गरेका छौँ ।’ अर्यालले भने– ‘निकुञ्जभित्र भएका ताल वन्यजन्तुलाई पर्याप्त नभएकाले हामीले कृत्रिम ताल निर्माण गर्न लागेका हौँ ।’

हालसम्म तीनवटा कृत्रिम ताल निर्माण कार्य सम्पन्न भइसकेको अर्यालले जानकारी दिए । ‘अब छिट्टै अन्य चारवटा ताल निर्माणको तयारी भइरहेको छ’ उनले भने । वन्यजन्तुलाई पानीको आवश्यकता अनुसार नै ताल निर्माण गर्दै जानुपर्ने र निकुञ्जले त्यसैको तयारी गरिरहेको बताए ।

पानी जमाउन ताल बनाएपछि सौर्य उर्जाको मोटरबाट तानेको पानी तालमा भर्ने गरिन्छ । हिउँदको समयमा प्राकृतिक तालहरुमा पानीको स्तर घट्छ । यसले गर्दा वन्यजन्तुलाई पानीको अभाव हुन्छ । तालको निर्माण गर्ने र पानी हाल्ने गरियो भने बन्यजन्तु लोपहुन बाट जोगाउन सकिन्छ ।

पुराना तालहरु सुक्दैजाँदा निकुञ्जको सौन्दर्यता हराउनुका साथै सिमसार क्षेत्रमा पाइने बन्यजन्तु समेत लोप हुने खतरा बढीरहेको छ । समयमा वर्षा नहुँदा तालहरु सुक्ने, पुरिने गर्छन् । केहिवर्षयताको निकुञ्ज भित्रको तालको जलस्तर घट्दो छ । यसको मुख्यकारण खडेरी सँगसँगै संरक्षणको अभाव रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।

निकुञ्जमा विभिन्न प्रजातिका चराचुरुङगी, एक सिङगे गैंडा, पाटे बाघ, गौरी गाई, हात्ती लगायत अन्य थुप्रै प्रजातिका वासस्थान रहेको छ । कृत्रिम तालको निर्माण भएसँगै पर्यटकलाई वन्यजन्तुको अवलोकन गर्नसमेत सजिलो हुन्छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics