चितवनमा सातवटा हात्ती गर्भवती



चितवन राष्ट्रिय निकुञ्जमा सातवटा हात्ती गर्भवती भएका छन् । चितवनमा रहेका ९ वटा हात्ती गर्भवती रहेका थिए जसमध्ये दुईवटा हात्तीले छावा जन्माए भने बाँकी सातवटा हात्ती आमा बन्न बाँकी रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले हात्ती प्रजनन तथा तालिम केन्द्रमा अहिले सातवटा हात्ती गर्भवती रहेको जानकारी दिए । उनले भने,‘कुनै तत्कालै बच्चा पाउने खालका छन् भने कुनै १० देखी १४ महिना सम्ममा बच्चा पाउने खालका छन्।’

पाण्डेका अनुसार कुनै हात्ती भखर भखरै गर्भवती भएका हुन्। हात्तीले सामान्य २० देखि २२ महिना सम्ममा बच्चा जन्माउने गर्छन ।

एक महिनाको अवधीमा दुईवटा छावा

एक महिनाको अवधीमा चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा छावाको जन्म भएको छ । गणेशकली नामक हात्तीबाट गत शुत्रबार कार्तिक १६ गते भाले छावाको जन्म भएको हो ।

यस्तै यस अघि चितवनमा असोज २३ गते पुजाकली नामक हात्तीबाट पोथी छावाको जन्म भएको थियो । पोथी छावाको ११ दिनमा न्वारन गरेर पण्डितले रुद्रकली नाम राखिदिएको छ । पछि रुद्रकली नाम निकुञ्जबाट परिवर्तन गरिन सक्ने निकुञ्जले जनाएको छ । निकुञ्ज प्रशासनले उपर्युक्त नाम जुराएर छावाको नामकरण गर्ने गरेका छन् । पोथीको नाम राख्दा ‘कली’ र भालेको नाममा ‘गज’ जोड्ने गरिन्छ ।

गोशकलीबाट जन्म भएको भाले छावा पाँचौं छावा हो भने पुजकलीको भने छेटौं छावा हो । पुजाकली भन्दा अघि यस निकुञ्जमा झन्डै साढे दुई वर्षपछि छावाको जन्म भएको थिएन। पुजाकली नामक हात्ती भन्दा अघि चितवनमा २०१६ मे महिना छावाको जन्म भएको थियो ।

भर्खरै जन्म भएको दुईवटा छावाहरु दुधमात्र खाने गरेका छन् । निकुञ्जका अनुसार तीन महिना पछि भने छावाहरुलाई अलि अलि खिर पनि खुवाउने गरिन्छ । हात्तीले ६ महिना पछि बिस्तारै घास टिप्न सुरु गर्छ ।

हात्ती प्रजनन तथा तालिम केन्द्रको स्थापना पछि ४७ छावाकाे जन्म भएको छ। जसमध्ये ४ वटाको मृत्यु भएको छ भने हाल ४३ वटा सकुशल रहेका छन । हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मेका छावाहरू मध्ये कोशि, पर्शा, शुक्लामा समेत पठाईएको छ ।हात्ती प्रजनन केन्द्र २०४२ सालमा स्थापना गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा अहिले ६० वटा हात्ती रहेका छन् । त्यस्तै हात्ती प्रजनन तथा तालिम केन्द्र १९ वटा हात्ती छन् । चितवन राष्ट्रिय निकुञ्जमा भएका ६० वटा हात्ती मध्ये ५ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दीको हो यसलाई पनि निकुञ्जले नै हेर्ने गरेको छ । बाँकी ५५ वटा हात्ती भने चितवन राष्ट्रिय निकुञ्जको आफ्नै हात्ती हो ।

हात्ती नेपालमा पाइने सबैभन्दा ठूलो स्तनधारी जनावर हो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics