उच्च हिमाली भेगमा हिमपातका सम्भावना
- नेचर खबर

बुुधबार उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भेगका एक दुई स्थानमा हल्का क्षणिक वर्षा र उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हाे ।
त्यस्तै दिउँसो देशको पश्चिमी, मध्य र पूर्वका पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहन सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका जारी गरेको बुलेटिनमा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने उल्लेख गरिएको छ ।
रातीमा भने पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस