नेपालगञ्जमा हुस्सुको कारण पश्चिमी उडानमा अवरुद्ध
- नेचर खबर
बाँकेमा बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण यहाँबाट बिहानीपख हुने हवाई उडान अवरुद्ध भएको छ ।
हवाइजहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुन नसकेको हो ।
बाँकेमा आज बिहान ४०० मिटरमात्र भिजिविलिटी रहेको हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाले बताए।
नेपालगञ्ज विमानस्थलका सुरक्षा इञ्चार्ज प्रहरी नायब निरीक्षक दिनेश विष्टले बिहान काठमाडाैका लागि उडान हुन नसकेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस