पश्चिम वायुको प्रभावले उच्च पहाडी भूभागमा हिउँ पर्यो
- नेचर खबर

पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा भएको छ । वर्षासँगै काठमाडौं आसपासका दामन, चन्द्रागिरीलगायतका उच्च पहाडी भूभागमा हिउँ परेको हो ।
सोमबार दिनभर देशभरको मौसम बदली हुने र हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले विज्ञप्तिमार्फत् जनाएको छ।
काठमाडौं उपत्यकामा यो वर्षको पहिलो हिँउदे वर्षा हो। यद्यपि, केही साता अघि मात्र गोदावरी क्षेत्रमा छिटपुट वर्षा भएपनि काठमाडौं उपत्यकामा समग्र रूपमा असोजयता पानी परेको थिएन।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुका कारण काठमाडौंसहित देशका विभिन्न भागहरुमा सोमबार बिहान वर्षा भएको जानकारी दिइन् । महाशाखाका अनुसार जुम्ला र हुम्लामा हिमपात भएको छ।
यसैगरी, मकवानपुरको दामन, दोलखाको कालिञ्चोक, जुम्ला, हुम्ला लगायतका ठाउँमा हिमपात भइरहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस