पूर्वी र पश्चिमी भेगमा आंशिक बदली हुने
- नेचर खबर

मङ्गलवार पूर्वी र पश्चिमी भेगमा आंशिक बदलिको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभरि मौसम सामान्यतया सफा रहे पनि पूर्वी र पश्चिमी पहाडी भेगमा अपरान्ह पछि आंशिक बदलिको सम्भावना रहेको जनाएको हो ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा हिमाली भेगका भने थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ।
मङ्गलवार राति भने पश्चिमी पहाडी भेगका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस