पूर्वी र पश्चिम पहाडी भेगमा आंशिक बदली हुने
- नेचर खबर

बिहीबार पूर्वी र पश्चिम पहाडी भेगमा आंशिक बदली भई एक दुई स्थानमा छिटफुट वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने जनाएको हो ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा पूर्वी र पश्चिम पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ ।
बिहीबार राति भने पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रतिक्रिया दिनुहोस