उच्च हिमाली जिल्लाहरूमा हिमपात : जनजीवन प्रभावित
- नेचर खबर

पश्चिमी वायुका कारण उपत्यका लगायत देशको अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनुका साथै पश्चिमी उच्च हिमाली भेगहरूमा हिमपात भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार अहिले अधिकांश उच्च हिमाली भेगहरूमा हिमपात तथा पश्चिमी पहाडी भूभागमा भने वर्षा भइरहेको जनाएको छ।
हिमपात हुने जिल्लाहरूमा जुम्ला जोमसोम र सिमिकोट रहेको छ । हिमपात सँगै त्यहाँको जनजीवनमा प्रभाव परेको छ।
मौसमविद् मन्जु बासीका अनुसार बुधवार देशभरको मौसम पूर्ण रूपमा खुल्ने सम्भावना छैन । पश्चिम, मध्य र पूर्वी भागका उच्च स्थानमा हिमपात र वर्षा भइरहेको छ।
मध्य, पश्चिम र पूर्वी भूभागको मौसम बिहीबार बेलुकीसम्म बदली हुने पूर्वानुमान छ । शुक्रवारबाट मौसममा क्रमिक सुधार आउने मौसमविद् बासीले बताइन् ।
प्रतिक्रिया दिनुहोस