हावाहुरी प्रभावित क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन




बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगन्जबाट खटिएको विशेषज्ञ चिकित्सकसमेतको १९ जना स्वास्थ्यकर्मीहरूको टोलीले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बारा फेटा गाउँपालिका १ भलुही र भर्व्लिया तथा सोही गाउँपालिका-६ पुरहनियाका हावाहुरी प्रभावित स्थानीयलाई उक्त टोलीले स्वास्थ्य परीक्षण गरी निस्शुल्क औषधी समेत वितरण गरेको हो । बारमा शिविरबाट करिब ३ सय जनाले स्वास्थ्य सेवा लिएका छन् ।

यसै गरी पर्सा वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित हावाहुरी प्रभावित स्थानीयका लागि उक्त टोलीले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण गरेको छ । पर्समा शिविरमा १ सय ९३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

साथै स्वास्थ्यकर्मीहरूको टोलीले वृद्ध, अशक्त तथा बालबालिकाहरूलाई सम्बन्धितको घर ठेगानामा समेत गएर स्वास्थ्य सेवा पुर्‍याएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics