तीन दिन सम्म मेघ गर्जनसहित वर्षाको सम्भावना
- नेचर खबर
देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम आंशिक बदलि हुनुका साथै देशका पहाडी भु-भागका थोरै स्थानमा र तराईका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरणः
जेष्ठ ०३ गते (शुक्रबार)
दिउँसो देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम आंशिक बदलि हुने देखिन्छ। देशका पहाडी भु-भागका थोरै स्थानमा र तराईका १-२ स्थानहरुमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति देशका पश्चिमि भुभाग लगायत पूर्वि र मध्य पहाडि भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पश्चिमि भु-भाग तथा पूर्वि र मध्य पहाडि भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
जेष्ठ ०४ गते (शनिबार)
दिउँसो देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पश्चिमी भु-भागका थोरै स्थानमा तथा मध्य र पूर्वी भू भागका एक वा दुई स्थानमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
जेष्ठ ०५ गते (आईतबार)
दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदलि रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पश्चिमी पहाडी भु-भागका थोरै स्थानमा तथा मध्य र पूर्वी भू भागका एक वा दुई स्थानमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस