वन्यजन्तुको आक्रमणबाट २४ जनाको मृत्यु



 चालु आर्थिक वर्ष २०७५-७६मा  मात्रै  वन्यजन्तुको आक्रमणबाट २४ जनाको मृत्यु भएको  छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वन्यजन्तुको आक्रमणबाट २४ जनाले ज्यान गुमाएका हुन्।

ज्यान गुमाउने २४ जनालाई राहत वितरण भइसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णु प्रसाद श्रेष्ठले बताए ।

यो आर्थिक वर्षमा सबैभन्दा धेरै हात्तीको आक्रमणबाट मुत्यु भएको छ । हात्तीको आक्रमणबाट १० जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

हात्तीपछि दोस्रोमा चितुवाको आक्रमणबाट धेरै जनाको मृत्यु भएको पाहिएको छ । चितुवाको आक्रमणबाट ७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै बाघको आक्रमणबाट ३ जना, गैँडाको आक्रमणबाट १ जना, जँगली कुकुरको आक्रमणबाट एक जना, जँगली बँदेलको आक्रमणबाट एक जना र मगर गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

विना योजना र विकल्प विनाको अव्यवस्थित तरिकाबाट गरिने विकासले मानव र वन्यजन्तु बिचको द्धन्द्ध पछिल्लो समय बढेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले बताए ।

विकासको कार्य गर्दा वनजंगल क्षती नपुग्ने तरिकाबाट गर्नुपर्ने आजको आवश्यकता रहेको कँडेलले नेचर खबरसँग भने ।वनजंगल नजिक गएर मानिसहरूले अतिक्रमण गर्दापनि मानव र वन्यजन्तु बिचको द्धन्द्धमा थप चुनौती थपिएको छ ।

पछिल्ला वर्षमा एकसिंगे गैँडा, बाघ, हात्ती, चितुवालगायतका वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेका सङ्ख्या बढ्दो छ । गत आर्थिक वर्ष २०७४-७५ मा वन्यजन्तुको आक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७३ -७४ मा वन्यजन्तुको आक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । पछिल्ला दुई वर्षको तथ्याङ्क हेर्ने हो भने यो वर्ष वन्यजन्तुबाट मानवीय क्षती बढेको पाइएको छ ।

पछिल्लो समयमा पनि वन्यजन्तुको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुने क्रम रोकिएको छैन । यसले मानव र वन्यजन्तुबीचको द्धन्द्धको स्थिति झन् गम्भीर बनाएको छ ।

क्षतिको राहत सहयोग निर्दे्िशकाको दोस्रो संशोधन २०७४ अनुसार सरकारले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिको परिवारलाई क्षतिपूर्तिबापत १० लाख रुपैयाँ दिने व्यवस्था गरेको छ ।

ज्यान गुमाउने व्यक्तिको परिवारलाई दिइने राहत रकम सुरुमा डेढ लाख मात्र थियो भने दोस्रो पटक बढाएर तीन र तेस्रो पटक पाँच लाख पुर्याइएको थियो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics