सुनकोशी नदीको दोहन रोक्न सर्वोच्चमा रिट दर्ता
- नेचर खबर
 
                                                        
सुनकोशी नदीबाट बालुवा, गिट्टी, ढुङ्गा उत्खनन बन्द गर्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाएर अधिवक्ता पदमबहादुर श्रेष्ठ र चिरञ्जीवी भट्टराईले बिहीबार दायर गरेको रिट निवेदनमा सो कार्य बन्द गर्न माग गरिएको हो।
कानूनमा भएको व्यवस्थाहरूको प्रभावकारी लागू गरी कार्यान्वयन गर्नुपर्नेमा कानुनको पालना नगरी यसको उपेक्षा गरिएको हुँदा नदीजन्य पदार्थको उत्खनन, व्यवस्थापन तथा बिक्री वितरण सम्बन्धी भएका कानुनको तत्काल कार्यान्वयन गर्नु्गराउनु माग गरिएको छ।
रिट निवेदनमा सुनकोशी नदीबाट बालुवा, गिट्टी, ढुङ्गा उत्खनन गर्ने सम्बन्धमा भएको कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन नगरेका कारण उत्खननले समग्र वातावरणमा नै प्रत्यक्ष असर पार्ने गरी भएका नदीजन्य पदार्थ उत्खनन कार्य रोक्न परमादेशको माग गरिएको छ।
बाह्र बिसे नगरपालिकाको बजारदेखि दोलाल घाटसम्म सुनकोशी नदीको दुवैतर्फको किनारामा र नदीको पिँधबाट कानुन विपरीत बालुवा, गिट्टी, ढुङ्गाजस्ता पदार्थले नदीको बहाव तथा स्वरूप परिवर्तन भएको रिट निवेदनमा उल्लेख छ सुनकोशी नदीको उत्खनन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको छ। ।
रिट निवेदनमा नदीको दुवै किनारामा गैह्रकानूनी उत्खननका कारण ठूलाठूला पोखरी बनेको हुँदा सुनकोशी नदी कुरूप र अस्तित्व लोप हुनाका साथै मानव, वन्यजन्तु, जलचर, जलमार्ग, राजमार्ग, वन जङ्गल, पर्यटन व्यवसायीलाई दूरगामी वातावरणीय असर पुग्ने हुँदा कानुनी रूपमा संरक्षण जरुरी भएको भनिएको छ ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस