प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्: ‘सगरमाथामा भिड हल्ला मात्र’
- नेचर खबर
 
                                                        
युरोपको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथामा भिड बढेको भन्ने भनाइ ’हल्ला’मात्रै रहेको बताएका छन्।
बीबीसीसँग मङ्गलवारको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्।
सगरमाथा आरोहण गर्न चाहनेहरूको सङ्ख्या निकै बढेपछि हिमालमा मृत्यु हुनेहरूको सङ्ख्या बढेको भन्ने चर्चा चलेका बेला उनले हल्ला गरिए अनुसार समस्या नभएको बताएका हुन्।
तर आरोहणमा देखिएका केही समस्या समाधान गर्न नेपालले आरोहणसम्बन्धी नियमावलीमा आवश्यक परिवर्तन गरिरहेका बताए।
यसपटकको आरोहण मौसममा ११ जनाको ज्यान गएको छ।
स्रोत :बिबिसि

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस