चितवन, नवलपरासी र आसपासका जिल्लामा सतर्क रहौं
- नेचर खबर
जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि नेपाल प्रवेश गरेको मनसुनको कारण चितवन, नवलपरासी र आसपासका जिल्लामा आगामी घण्टा सतर्क रहन आग्रह गरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार अपरान्ह पौने तीन बजेदेखि बजेदेखि आइतबार पौने तीन बजेदेखि बजेसम्म सतर्क रहन आग्रह गरेको हो ।
यस क्रममा ठुला नदीहरुमा बहाब केही बढ्ने देखिएपनि स-साना नदीहरुमा पानीको बहाब ह्वात्त बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै विशेषगरी चितवन र नवलपरासी आसपासका जिल्लामा सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको महाशाखाले जनाएको छ ।अहिले चितवन र आसपास मेघ गर्जन र हावाहुरि सहित वर्षा भईरहेको छ।
शनिबार राति र आइतबार मध्य र पश्चिमका धेरै स्थानहरुमा मध्यम वर्षा हुनुका साथै थोरै स्थानहरुमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । पूर्वी भेगका पनि केहि स्थानमा वर्षा हुने हुने महाशाखाको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस