सुदूरपश्चिमका खोलामा बाढीको सम्भावना
- नेचर खबर

देशको ठुला तथा मझौला नदीहरूमा जल सतह सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको बाढी पूर्वानुमान महासाखले जनाएको छ।
आगामी तीन दिनको बाढी पूर्वानुमान:
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार बेलुकादेखि मङ्गलवार बिहानसम्म सुदूरपश्चिमका ससाना खोलामा बाढी आउन सक्ने पूर्वानुमान गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले सोमबार बेलुकादेखि मङ्गलवार बिहानसम्म सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बहने साना नदी र जलाधारहरूको केही स्थानमा क्षणिक मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी आउन सक्ने हुँदा सतर्क रहन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस