आजको मौसम : देशका अधिकांश स्थानमा वर्षा
- नेचर खबर

आज दिउँसो देशको मध्य र पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमानको विवरण निम्न छन्।
असार १२ गते (बिहिबार)
दिउँसोः देशको मध्य र पुर्वी भूभागमा सामान्य देखि पूर्ण बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
असार १३ गते (शुक्रबार )
दिउँसोः देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक बदलि भइ मध्यका केहि स्थानहरुमा साथै पश्चिम र पुर्वका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
असार १४ गते (शनिबार )
दिउँसोः देशको मध्य र पुर्वी भूभागमा सामान्य देखि पूर्ण बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्ब र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस