मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने



सामान्य समयभन्दा १० दिन ढिलो गरी गएको असार ५ गतेदेखि नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा राम्रो वर्षा हुन सकेको छैन ।

मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ। नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीनरचार दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

न्यून चापीय रेखा मध्य भारतमै रहेकाले मनसुन कमजोर भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए। ‘उक्त प्रणाली बिस्तारै नेपालसम्म आई पुग्न तीनरचार दिन लाग्नेछ’, मौसमविद् प्रधानाङ्गले भने।

अहिले मनसुन कमजोर अवस्थामा रहेकाले हल्का र क्षणिक वर्षामात्र भएको बताइएको छ।तत्काल भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि मध्याह्नमा चर्को घाम लाग्ने र दिउँसो बदली हुने क्रम जारी छ। आंशिक बदली र घाम लाग्ने क्रमले गर्दा उपत्यकाका बर्ढी गर्मी महसुस गरिएको छ। तीन दिनयता काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेकामा आज ३१ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ। यसअघि जेठ ३१ गते यो वर्षकै बढी तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो।

भारतको मध्यतिर रहेको न्यूनचापीय रेखा बिस्तारै माथितिर सर्ने र नेपालतर्फ आएपछि मात्र नेपालमा मनसुनी वर्षा सक्रिय हुनेछ । यसका लागि अझै केही दिन लाग्ने मौसमविद्हरूको भनाइ छ ।

मौसम विभागले पछिल्लो ३० वर्षको तथ्यांकलाई आधार मानेर नेपालमा सरदर मनसुन आउने मिति जुन १० लाई मानेको छ । यसैका आधारमा यो वर्षको मनसुन १० दिन ढिलो गरी जुन २० मा मात्रै नेपाल भित्रिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics