देशभर मनसुन सक्रिय, तीन दिन बाढीपहिरोबाट सतर्क रहौंः मौसमविद्
- नेचर खबर
देशभर मनसुन सक्रिय भएकाले आज (सोमबार) देखि तीन दिन पर्सि (बुधवार) सम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार यो तीन दिन बाढीपहिरो पनि जानसक्ने खतरा रहेकाले जोखिम क्षेत्रका बासिन्दाले होसियारी अपनाउनु आवश्यक छ।
रिमालका अनुसार सोमबार देशको केही ठाउँमा ठुलो र धेरै ठाउँमा मध्यमखालको पानी पर्ने सम्भावना छ । भारतमा बनेको न्यूनचापीय रेखा उत्तरतर्फ सरेकाले अबको केही दिन देशभरको मौसम बदली भएर पानी पर्ने उनले बताए ।
‘ भारतमा रहेको न्यून चापीय रेखा (पानी पार्ने प्रणाली) उत्तर (नेपाल) तर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि तीव्र बनेको मौसमविद् रिमालको भनाइ छ।
नेपालमा सामान्य समयभन्दा १० दिन ढिलो गरी ५ असारमा कमजोर अवस्थामा पूर्वी भागबाट मनसुन प्रवेश भएको थियो । तर प्रवेश भएको केही दिनमै मनसुन रोकिएपछि वर्षा हुन सकेको थिएन । गएको शनिबारदेखि मनसुन सक्रिय हुँदा देशका धेरैजसो भूभागमा वर्षा भइरहेको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :
असार २३ गते (सोमबार)
दिउँसो: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
असार २४ गते (मङ्गलवार)
दिउँसोः देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
असार २५ गते (बुधवार)
दिउँसोः देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
रातिः देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस