प्रदेश नं १, २, ३ मा बाढीको खतरा

मनसुन पूर्णरुपमा सक्रिय भए सँगै देशभर पानी परिरहेको छ। अबको तीन दिन देशका धेरै ठाउँमा वर्षासँगै बाढी पहिरोको जोखिम रहेको मौसमविदले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै तुलनात्मक रुपमा प्रदेश १,२ र ३ का धेरैजसो ससाना खोलानालाहरू आज (बिहिबार) देखि पर्सी (शनिबार) सम्म जुनसुकै बेला सतर्कता तह भन्दा माथि जान सक्ने सम्भावना रहेको जनाइएको छ।

महाशाखाका अनुसार बिहीबार बेलुकीपछि पूर्वका कन्काई, सप्तकोशी, तमोर, दुधकोशी, सुनकोशी र कमला नदीमा बहाव उच्च हुने सम्भावना छ । पहिरोग्रस्त पहाडी क्षेत्र भएर बहने ससाना खोलामा पहिरो लेदो खस्न सक्ने पनि महाशाखाले जनाएको छ ।

तराईका होचा ठाउँहरुमा डुबानको सम्भावना भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । भोलि शुक्रबार र पर्सि शनिबार पनि पूर्व र मध्य क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

खोलानाला र पहिरोग्रस्त क्षेत्रमा उच्च सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको बाढी बुलेटिन :

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics