बाढी पीडितको उपचार र राहतको घोषणा
- नेचर खबर
काठमाडौं : सरकारले देशका विभिन्न भागमा आएको बाढी पहिरो र डुबानपीडितका लागि विशेष राहत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले उपचार र राहतमा कुनै कमी हुन नदिने जनाएको छ।
बैठकले बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यका सबै निकायलाई परिचालित गर्ने निर्णय पनि गरेको छ। घाइतेहरुको उपचारको सबै व्यवस्था सरकारले गर्ने निर्णय गरेको छ। बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।
बैठकले त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।
मन्त्रालयले माहतका सबै निकायसँग तथ्यांक संकलन गरेपछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनर्निर्माणलाई अघि बढाउने निर्णय पनि गरेको छ ।
त्यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, संचारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन पनि सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ ।आइतबार अपरान्हसम्म विपद्मा परी ५१ जनाको मृत्यु भएको छ । त्यसैगरी ३१ जना वेपत्ता भएको, २८ जना घाइते भएको र १० हजार ३ सय ८५ जना घरधुरी विस्थापित भएका छन ।
प्रतिक्रिया दिनुहोस