१२ वटा सुन गोहोरोसहित पक्राउ

मोरङमा१२ वटा दूर्लभ जनावर सुन गोहोरोसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रचौ सिक्टीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका-८ हर्चगढीबाट पथरी शनिश्चरे नगरपालिका-६ का ५९ वर्षीय जसबहादुर धिमाललाई शनिबार साँझ पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय मोरङको अनुसार साइकलमा सिक्टीबाट डायनियातर्फ आउँदै गरेका जसबहादुरबाट चेकजाँचका क्रममा १२ वटा जिवित सुन गोहोरा फेला परेको हो ।

उनले प्लाष्टिकको बोहोरामा राखेर सुन गोहोरो डायनिया तर्फ लैजाँदै थिए । पक्राउ परेका जसबहादुरलाई प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङ पठाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics