अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बनाइने : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाइने बताएका छन्।

नेपाल वातावरण पत्रकार समूहले नेपाल वातावरण पत्रकार समूह(नेफेज)द्वारा विमानस्थल बन्ने ठाउँको वातावरणीय प्रभावका बारेमा गरेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकारको अध्ययन अनुसन्धानबाट निजगढमै विमानस्थल बनाउने निष्कर्षमा पुगेको जानकारी दिए ।

मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बनाउन अघि विज्ञहरुसँग प्रयाप्त छलफल गरिने र संरक्षणको वैकल्पिक बाटोहरु खोजेर जाने बताए ।

उक्त प्रतिवेदनका अनुसार सरकारसँग निजगढ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) छैन् । ७ खर्बको अनुमानित लागतको आयोजना डिपिआर बिनै अघि बढ्न नसक्ने भएकाले पहिले यसको विस्तृत परियोजना अध्ययन गरिनुपर्ने छ।

साढे २४ लाख रुख काट्नुपर्ने रुख काट्ने नियतबाट प्रेरित भएर सरकारले हतारमा वातावरण मूल्यांकन प्रतिवेदन पारित गरिएको, त्रुटिपूर्ण इआइए पारित गर्ने प्रक्रिया अनुरुप नभएको, वन मासेर स्मार्ट र एयरपोर्ट सिटी बनाउने कुरा तर्कसंगत नभएकोको स्मार्ट सिटीका नाममा प्राकृतिक श्रोतको विनाश स्वीकार्य नहुने प्रतिवेदनमा उल्लेख छ ।

योसँगै टागिया बस्ती व्यवस्थापन, त्यहाँका वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने कुरा, दुर्लभ वन्यजन्तु हात्ती, बाघलगायत जैविकमार्ग संरक्षण, अन्य चराचुरुङ्गी र वन्यजन्तुलाई पर्ने सक्ने प्रभाव न्यून गर्ने कुरा, पानीको मुहान संरक्षण, चुरेमा पर्न सक्ने प्रभाव र त्यसको असर बाढीबाट पर्नसक्ने जोखिम न्यूनीकरण आदि विषयलाई परियोजना अघि बढाइनुपूर्व गम्भीरतापूर्वक लिइनुपर्ने प्रतिवेदनले जनाएको छ।

उक्त प्रतिवेदनका अनुसार सरकारसँग निजगढ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) छैन् । ७ खर्बको अनुमानित लागतको आयोजना डिपिआर बिनै अघि बढ्न नसक्ने भएकाले पहिले यसको विस्तृत परियोजना अध्ययन गरिनुपर्ने छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics