भिजिट नेपालमा विदेशी पाहुनालाई होटलमा ३० प्रतिशत छुट

A+ A-



भिजिट नेपाल (नेपाल भ्रमण वर्ष) २०२० लाई लक्ष्यित गर्दै होटेल व्यवसायीले छुट योजना सार्वजनिक गरेका छन् । होटल संघ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गरी नेपाल आउने सबै विदेशी पाहुनाका लागि छुट दिने घोषणा गरेको हो ।

हानका महासचिव साजन शाक्यका अनुसार अब एक वर्षभर होटेलले आफ्नो रुमको मूल्यमा ३० प्रतिशत छुट दिने भएको छ । त्यसैगरी ,खानामा पनि १५ प्रतिशत छुट दिने घोषणा हानले गरेको छ ।

हानमा ठूलो लगानीका पर्यटकस्तरीयदेखि तारे होटेल सञ्चालकहरु आवद्ध रहेका छन्। यसअघि भ्रमण वर्ष मूल आयोजक समिति बैठकले सबै सरोकारवाला निकायबाट भ्रमण वर्षलाई लक्षित गरी के गर्न सकिन्छ भनी विवरण माग गरिएको थियो ।

सोही आधारमा हानले छुट योजना सार्वजनिक गरेको हो । हानको देशभर एक दर्जनभन्दा बढी क्षेत्रीय सञ्जाल फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics