जलवायु परिवर्तन अभियन्ता ग्रेटा नोबेल पुरस्कारका लागि मनोनित



जलवायु परिवर्तनलाई लिएर लड्ने १७ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित भएकी छिन् ।

स्विडेनका दुई जना सांसदले उनलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका हुन ।

लेफ्ट पार्टीका सदस्य जेन्स होम र हकन सवेन्नलिङले सोमबार भने, ‘थनबर्गले जलवायु सङ्कट उत्सर्जनलाई कम गर्न राजनीतिज्ञको आँखा खोल्न र पेरिस सम्झौताको पालना गर्न कठोर मेहनत गरेकी छिन्, जुन कदम शान्तिको लागि पहल हो ।’

गएको वर्ष पनि स्विडेनका तीन जना सांसदले ग्रेटा थनबर्गको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका थिए । तर सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्री अबी अहमदले प्राप्त गरेका थिए ।

१७ वर्षीया किशोरी थनबर्गले जलवायु परिवर्तनमा भैरहेको बदलीलाई रोक्न विद्यार्थीहरुलाई प्रदर्शनमा उपस्थित हुन प्रेरित गरिन् । अहिले उनको यो आन्दोलन स्विडेन बाहिर युरोपको अन्य देशमा पनि पुगिसकेको छ ।

साथै उनले भविष्यको आन्दोलनका लागि ई–फ्राइडे को स्थापना गरिन, जसले अन्य मानिसलाई पनि प्रेरित र्गयो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics