ताप्लेजुङमा चितुवाको छाला सहित पक्राउ
- नेचर खबर
 
                                                        

प्रहरीले ताप्लेजुङबाट चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
ताप्लेजुङको  फक्ताङ्लुङ गाउँपालिका ५ वेतांगु बस्ने ५५ वर्षीय टुलबिर लिम्बुलाई चितुवाको छाला २ थान सहित  प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त छाला फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लिम्बुलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको छ ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस