हिमाल आरोहण स्थगित

A+ A-



सरकारले विभिन्न हिमालहरूको आरोहणका लागि वसन्त सिजनमा अनुमति दिएका सबै हिमाल आरोहण स्थगित भएका छन् । उच्चस्तरीय समन्वय समिति बैठकले वसन्त सिजनका सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो ।

कोरना भाइरस भित्रिन नदिन सतर्कता अपनाएको सरकारले यस सिजनअन्तर्गत हुने सबै हिमाल आरोहण स्थगित गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

समन्वय समिति बैठकले यसअघि दिइएका अनुमति रद्द गर्ने र नयाँ अनुमति नदिने निर्णय गरेको छ ।कोरोनाविरुद्ध लड्न विभिन्न १९ निर्णय गरेको समन्वय समितिको १७ औं बुँदामा भनिएको छ– नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएको वा जारी गरिने अनुमति पत्र हाललाई स्थगित गर्ने ।’

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics