बैशाख ३ सम्म लकडाउन



सरकारले बैशाख ३ गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।

कोरोना भाइरस (कोभिड(१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थप भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics