बालबालिकालाई सहयोग गर्दै २५ देशका सुन्दरी
- सुजाता कार्की
२५ देशका सुन्दरी मानवीय सहयोग जुटाउन राजधानीमा भेला हुने भएका छन् । मिस इन्टरकन्टिनेन्टल युनिभर्स प्रतिस्पर्धामा भागलिने सुन्दरीहरुले बालबालिकाको सहयोगका लागि काम गर्ने भएका हुन् ।
नेपालमा पहिलोपटक मिस इन्टरकन्टिनेन्टल युनिभर्स प्रतिस्पर्धा हुन लागेको हो । ‘तालिको लागि मात्र होइन विशेष उपलब्धिको लागि काम गरौँ’ भन्ने उद्येश्यका साथ पहिलो अन्तर्राष्ट्रिय सुन्दरी प्रतिस्पर्धा मिस इन्टरकन्टिनेन्टल आयोजना गर्न लागिएको हो । कार्यक्रमको आयोजना मयूर हिमालयन प्राइभेट लिमिटेडले गर्ने भएको छ ।
प्रतिस्पर्धामा सहभागि सुन्दरीहरुले नेपालका भुकम्प पिडित बालबालिकाका लागि विशेष सहयोग गर्ने बताएका छन् । नेपाली प्रतिस्पर्धि मोडल सिर्जना रेग्मिले भनिन् ‘अहिले नेपालमा भुकम्पबाट घरबार विहिन भएका बालबालिकाको लागि सहयोग गर्नेछौँ ।’
मिस इन्टरकन्टिनेन्टल सुन्दरीहरुले नेपालमा मात्र नभई विभिन्न देशका बालबालिकालाई सहयोग गर्नेछन् ।
प्रतिस्पर्धामा विजेता ५ देशका सुन्दरीहरुले विभिन्न देशमा गएर बालबालिकालाई सहयोग पुर्याउन कार्यक्रम गर्ने छन् । यस प्रतिस्पर्धाको उद्देश्य फन्ड रेजरको लिडर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउने समेत रहेको छ ।
यो प्रतियोगिताले नेपालमा भुकम्पबाट पिडित बालबालिकाको लागि सहयोग पुग्ने मयुर हिमालयनकी कार्यकारी निर्देशक समिक्षा श्रेष्ठले जानकारी दिइन् । उनले भनिन् ‘विभिन्न देशका पिडित बालबालिकालाई सहयोग गर्नको लागि नै यो प्रतियोगिता आयोजना गरिएको हो ।’
प्रतिस्पर्धामा भाग लिनका लागि अमेरिका, रसिया, म्यानमार र भारतबाट प्रतिस्पर्धिहरु नेपाल आइसकेका छन् । मिस इन्टरकन्टिनेन्टल युनिभर्सको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर ३ (आगामी भदौ १८) मा हुनेछ ।
प्रतिक्रिया दिनुहोस