वातावरणमैत्री विकास गर्न राष्ट्रपतिको आग्रह
- नेचर खबर
 
                                                         राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणमैत्री विकास गर्न  ध्यानआकषर्ण गरेकी छिन । प्रकृति र वातावरणमैत्री बस्ती विकास गर्न उनले आग्रह गरेकी हुन ।विभिन्न ठाउँमा गएको बाढी पहिरोका घटननाप्रति दुःख व्यक्त गर्दै उनले त्यस्तो विकल्प सुझाएकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणमैत्री विकास गर्न  ध्यानआकषर्ण गरेकी छिन । प्रकृति र वातावरणमैत्री बस्ती विकास गर्न उनले आग्रह गरेकी हुन ।विभिन्न ठाउँमा गएको बाढी पहिरोका घटननाप्रति दुःख व्यक्त गर्दै उनले त्यस्तो विकल्प सुझाएकी हुन्।
‘मौसमी विपद्को जोखिम हरेक वर्ष भयावह हुने गरेको छ। बागलुङ‚ कालिकोट र सिन्धुपाल्चोकमा गएको बाढी–पहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति हुन गएकोमाअत्यन्तै दुःखी छु’, राष्ट्रपति भण्डारीले ट्विटरमा लेखेकी छिन्, ‘प्रकृति र वातावरणमैत्री दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकास गरी मानव जीवन रक्षामा राष्ट्रको ध्यान लगाऔं।‘

यसवर्ष चार महिना (जेठदेखि भदौ १७ गतेसम्म) को मनसुने वर्षाका क्रममा आएको बाढी-पहिरोबाट २६२ जनाले ज्यान गुमाएका छन् । बढी-पहिरोले सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ भने आर्थिक क्षति मोरङमा भएको छ ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस